आगामी तीन दिनको विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल तयारी अवस्थामा, देशभरका युनिट उच्च शतर्कतामा

संवाददाता
१० आश्विन २०८१, बिहीबार १५:१७

१० असोज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।
मौसम विज्ञान विभागले आगामी तीन दिन (शुक्रवार, शनिवार र आईतवार) भारी वर्षा हुने भन्दै सूचना जारी गरेको छ । ५६ वटा जिल्लामा वषावको रेड अर्लड जारी गर्दै सचेत रहन आग्रह समेत गरेको छ । यस्तो अवस्थामा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपाल तयारी अवस्थामा बसेको हो ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन महाशाखाका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले आफूहरु विपद्का कारण आइपर्ने घटनाहरुको व्यवस्थापनका लागि स्रोत, साधनसहित तयारी अवस्थामा रहेको बताउनु भयो । उहाँले सशस्त्र प्रहरीको देशभर रहेका कार्यालयहरुलाई आगामी तीन दिन उच्च शतर्कता अपनाउन सूचना जारी गरिसकेको बताउनु भयो । उहाँले सशस्त्र प्रहरीका सबै युनिटहरु स्रोत, साधनसहित उच्च शतर्कताका साथ बसिरहेको जानकारी दिनुभयो ।
उहाँले १३ वटा हेवी इक्युपमेण्टलाई तयारी अवस्थामा राखिएको बताउनु भयो । त्यसैगरी बाढी, पहिरो र डुबानबाट बिस्थापित हुनेहरुका लागि अस्थायी क्याम्प खडा गर्न २८ वटा कन्टेनरहरुलाई पनि तयारी अवस्थामा राखिएको उहाँको भनाई छ । उहाँले सबै जिल्लाहरुमा आवश्यक उपकरणहरुसहित बन्दोबस्त गरिएको बताउनु भयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपाल मनसुन शुरु हुनु अघिदेखि नै विपद् प्रतिकार्यका लागि तयारी अवस्थमा रहेको बताउनु भयो । सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहले विपद्का लागि माथिल्लो तहदेखि तल्लो तहसम्मको सशस्त्र प्रहरी बलका युनिटमा जनशक्ति साधन,स्रोतसहित रहने स्पष्ट पार्नुभयो ।
उहाँले मनसुनलाई केन्द्रित गरेर ११० जना तालिमप्राप्त गोताखोरलाई सबै प्रदेशमा गरी १० स्थानमा केन्द्रित गरेर राखिएको जानकारी दिनुभयो । त्यसैगरी डुबान र बाढीलाई मध्यनजर गरि ३९ वटा जिल्लाका ५९ सशस्त्र प्रहरी बलको कार्यालयहरुमा १२३ वटा मोटरबोट र रेस्क्यु ¥याफ्टलाई तयारी अवस्था राखिएको बताउनु भयो ।
विपद् व्यवस्थापनका लागि सबै निकायहरुको उत्तिकै भुमिका हुने भन्दै सिंहले त्यसको लागि सशस्त्र प्रहरीले आवश्यक सबै निकायहरुसँग समन्वय गर्ने बताउनु भयो । सबै क्षेत्रमा आवश्यक समन्वयका लागि सञ्चार तालिम प्राप्त ९१ जना जनशक्ति परिचालन भइरहेको उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*