आफु कमजोर छुँ भन्ने मानसिकता त्याग्नुपर्नेमा महिला उद्यमीहरुको जोड

संवाददाता
३ चैत्र २०८०, शनिबार १९:२१

३ चैत्र, हेटौँडा । हेटौंडामा जारी आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनीमा महिला उद्यमीहरुले आफ्नो सफलताको कथा प्रस्तुत गरेका छन् ।
शनिबार मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिकी सभापति अंकिता सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा महिला उद्यमीहरुको सफलताको कथा प्रस्तुती गरिएको हो । कार्यक्रममा कार्यक्रममा माउन्टेन बि कन्सन प्रालि ललितपुरकी संचालक सरिता भट्टराई श्रेष्ठ, मान्द्रो नेपाल चितवनका संचालक अम्बिका धिताल, सौगात गृह सिन्धुलीकी संचालक विमला थापा लगायतले आफ्नो व्यवसायीक यात्राको भोगाईहरु प्रस्तुत गर्नुभयो । आफ्नो सिपलाई कर्म बनाइ उद्योग संचालन गरेर धेरैलाई रोजगारी दिइरहनु भएका उहाँहरुले कमजोर छौं भन्ने मानसिकता त्यागेमा सफल भइन्छ भन्ने थुप्रै उदाहरणहरु प्रस्तुत गर्नुभयो ।
रैथाने अन्नदेखि गुन्द्रुक मस्यौरा मह लगायतको व्यवसायमा आफुलाई अब्बल बनाएर अगाडी बढीरहनु भएका महिलाहरुले महिलामा लगानी मात्र नभई उच्च आत्मबलको आवश्यकता रहेकामा जोड दिएका थिए । ११ वर्षपछि पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यक्ता भन्ने नाराका शुक्रबारबाट साथ सुरु भएको प्रदर्शनी चैत्र ६ गतेसम्म चल्नेछ । हेटौंडाको पल्पसा सदनमा जारी प्रदर्शनीमा मकवानपुर, सिन्धुली, चितवन, काठमाडौं, नुवाकोट, ईटहरी लगायतका जिल्लाका महिला उद्यमीहरुको हस्तकलाका उत्पादनहरु, अन्य वस्तु तथा सेवाहरुको प्रदर्शनी साथै कृषि सम्बन्धी स्टलहरु राखिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*