आवश्यकता भन्दा बढी ट्रान्सफर्मर एकैपटक खरीद गर्दा व्यवस्थापनमा समस्या

संवाददाता
२७ श्रावण २०८१, आईतवार १९:१३

२७ श्रावण, हेटौंडा । बिद्युत प्राधिकरणले आवश्यकता भन्दा बढी ट्रान्सफर्मर एकैपटक खरीद गर्दा यसको व्यवस्थापनमा समस्या देखिएको छ ।
बिद्युत प्राधिकरणले खरीद गरेका ट्रान्सफर्मर केन्द्रीय वक्ससर्प हेटौँडामा परीक्षण गरेर केन्द्रीय भण्डारणको जिम्मेवारीमा रहनेगरी राखिएको छ । देशैभरबाट विग्रीएर मर्मतका लागि ल्याईएको ट्रान्सफर्मर समेत वक्र्ससपमै रहने भएकाले स्थान अभावका कारण चौरमा राखीएको हो । बिद्युत प्राधिकरणले बार्षिक रुपमा के कति ट्रान्सफर्मर आवश्यक पर्ने हो त्यसको एकिन गरी त्यो भन्दा बढी स्टक नगर्ने हो भने समस्या नहुने प्राधिकरणका कर्मचारीहरु बताउँछन् ।
ट्रान्सफर्मरको खरीद र व्यवस्थापन केन्द्रीय कार्यालयबाटै हुने भएकाले हेटौँडाको केन्द्रीय भण्डारण महाशाखा र वक्र्ससपको कुनै भुमीका नरहने यहाँका कर्मचारीहरुको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*