इन्द्रसरोवर गाउँपालिकाका दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

संवाददाता
१६ आश्विन २०८१, बुधबार ०८:५७

असोज १६ हेटौंडा । बाढी तथा पहिरोका कारण सडक मार्ग अवरुद्ध भएपछि मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरि अस्पताल लगिएको छ ।
सिस्नेरी स्वास्थ्य चौकीमा प्रसुतिका लागि गएका इन्द्रसरोवर–३ दाप्राङकी सुकिमाया वाइवा र इन्द्रसरोवर–३ सानुटारकी शुसिला घिसिङलाई प्रसुति गराउन नसकिएपछि हेलिकप्टर मार्फत् काठमाडौं पठाइएको हो । उनीहरुको इन्द्रसरोवर गाउँपालिकाको समन्वयमा नेपाली सेनाको हेलिकप्टर मार्फत् उद्धार गरिएको पालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिनुभयो । गर्भवतीको साथमा एक एक जना सहयोगीलाई पनि लगिएको छ । वर्षाका कारण इन्द्रसरोवर गाउँपालिका जोड्ने सबै सडकमार्ग अवरुद्ध रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*