उपभोक्ता अदालतको माग राख्दै प्रधानमन्त्रीलाई पत्र
२ चैत्र, हेटौँडा । उपभोक्क्ता मञ्च नेपालले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
उपभोक्ता मञ्च केन्द्रीय कार्यालय काठमाडौं , बागमती प्रदेश मञ्च र जिल्ला मञ्चले एकै साथ उपभोक्ता अदालतको माग राख्दैं मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय बागमती प्रदेश र जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । उपभोक्ता अदालत निमार्ण गर्ने घोषणा भएपनि अहिलेसम्म निमार्ण हुन नसक्दा उपभोक्ता तथा सम्बन्धित निकायहरु मर्कामा परेको मञ्चका केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेश संयोजक कुमार पौडेलले बताउनु भयो । अन्तर्राष्टिय उपभोक्ता दिवसको अवसर पारेर उपभोक्ताहरुको हकहितको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर र मुख्यमन्त्री कार्यालय बागमती प्रदेश मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाईएको मञ्चका केद्रिय सचिव कृष्ण अर्यालले जानकारी दिनु भयो । लामो समयदेखि उपभोक्ताहरुको हकहितको लागि काम गदैं आएको अग्रणी संस्था उपभोक्ता मञ्च नेपाल नै रहेको मञ्चका जिल्ला अध्यक्ष सुनिल अधिकारीले दाबी गर्नुभयो ।
ज्ञापनपत्र बुझदैं मुख्यमन्त्री कार्यालयका मुख्य सचिव घनश्याम उपाध्याय र प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईले छिटो भन्दा छिटो ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाईदिने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा मञ्चका केन्द्रिय सदस्यद्धय केशव श्रेष्ठ, बिजेन्द्र अग्रवाल ,जिल्ला सचिव बिजय कार्की ,जिल्ला सदस्य मिनु अग्रवाल भुप्रेन्द्र अधिकारी र जनक शर्मा लगाएतको उपस्थिती रहेको थियो ।














