उपेन्द्र यादव माघ २४ गते हेटौंडा आउने
२० माघ, हेटौँडा । पूर्व उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव माघ २४ गते हेटौंडा आउनुहुने भएको छ ।
पार्टीको नगर भेलालाई सम्बोधन गर्न अध्यक्ष यादव हेटौंडा आउन लाग्नुभएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । वन विज्ञान अध्ययन संस्थानबाट ¥याली निकाली बुद्धचोकको खुल्ला पेटीमा औपचारिक कार्यक्रम गरिने मकवानपुर सचिव दिपक सिन्तानले जानकारी दिनुभयो । भेलाले हेटौंडा उपमहानगरपालिका स्तरीय समितिको समेत घोषणा गर्ने सचिव सिन्तानले बताउनुभयो ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य मेजारमान मोक्तान, मकवानपुर अध्यक्ष सोमबहादुर घलान, उपाध्यक्ष योग बहादुर ब्लोन, कोषाध्यक्ष रिता मङराती, विज्ञ संयोजक उत्तम गोम्जा, नगर कमिटी संयोजक कविन सिन्तान लगायतको उपस्थिति रहेको थियो ।














