ऊर्जातर्फ चार अर्ब र सिंचाईतर्फ एक अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी क्षति भयोः मन्त्री खड्का

संवाददाता
१८ आश्विन २०८१, शुक्रबार १७:५५

१८ असोज, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भारी वर्षासँगै आएको विपद्ले ऊर्जातर्फ चार अर्ब र सिंचाईतर्फ एक अर्ब ३५ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको बताउनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले मन्त्रालय अन्तर्गतका २१ वटा आयोजनाहरुमा क्षति पुगेको बताउनुभएको हो । उहाँले ऊर्जा तर्फ चार अर्ब रुपैयाँ भन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताउनु भयो ।
त्यस्तै सिंचाईतर्फ एक अर्ब ३५ करोड रुपैयाँभन्दा माथि क्षति भएको अनुमान रहेको उहाँले जानकारी दिनुभयो । क्षति अझै बढ्ने उहाँको भनाई छ । मन्त्री खड्काले विपद्बाट १ हजार १०० मेघावाट विद्युत अवरुद्ध भएको र मर्मतको प्रयास भइरहेको बताउनु भयो । उहाँले लोडसेडिङ हुन नदिन काम गरिरहेको पनि बताउनु भयो ।
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सडक सञ्जाल टुटेका कारण विद्युत अवरोध भएको स्थानहरुमा मर्मतसम्भार गर्न गाह्रो भएको बताउनु भयो । यद्यपी विद्युत चाँडै पु¥याउनेगरी काम गरिरहेको उहाँको भनाई छ । उहाँले दशैँ अगाडी नै विद्युत सेवा पु¥याउनेगरी काम गरिरहेको बताउनु भयो ।
उहाँले कुलेखानी बाँधले निम्त्याएको क्षतिको सम्बन्धमा विवरण संकलन गरिरहेको भन्दै क्षतिको यकिन गरेर आवश्यक कदम चाल्नका लागि विभागिय मन्त्रीसँग छलफल गर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*