एकैदिन तीनवटा विद्यालय बालमैत्री घोषित

संवाददाता
२२ फाल्गुन २०८०, मंगलवार १८:२९

२२ फागुन, हेटौँडा । एकैदिन हेटौंडा उपमहानगरपालिका भित्रका तीन वटा विद्यालय बालमैत्री घोषणा भएको छन् ।
हेटौंडा उपमहानगरपालिकाको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेको सूचक पूरा गरेका दुईवटा सामुदायिक र एउटा संस्थागत विद्यालय बालमैत्री विद्यालय घोषित भएका छन् । उपमहानगरले तोकेको ११ सूचक भित्रका २६ बुद्धे कार्यहरु पूरा गरेका हेटौंडा —१६ स्थित जनप्रीय प्राविधिक विद्यालय, हेटौंडा— ८ स्थित चन्द्रोदय माध्यामिक विद्यालय र हेटौंडा—२ स्थित बालजागृती इग्लिस स्कुललाई बालमैत्री विद्यालयका रुपमा घोषणा गरिएको छ ।
छुट्टाछुट्टै रुपमा आयोजना गरिएको सबै विद्यालयको बालमैत्री घोषणा कार्यक्रममा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयले दीर्घकालिन रुपमा कार्यान्वयनमा लैजाने गरी विद्यालयले कार्ययोजना बनाएर लागू गरेको जनप्रियका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले बताउनुभयो । कार्यक्रममा प्रधानाध्यापक चौलागाईले विद्यालयमा रहेको बाल समूहले गरेका गतिविधि समेटिएको प्रस्तुतीकरण राख्नुभएको थियो ।


मंगलबार नै हेटौंडा ८ स्थित चन्द्रोदय माध्यामिक विद्यालय पनि बालमैत्री घोषणा भएको छ । नगर शिक्षा विकास महाशाखाबाट फागुन २ गते नै बालमैत्री विद्यालय घोषणा मापडण्ड विद्यालयले पूरा गरेको प्रमाणपत्र प्राप्त भएको भएपनि विद्यालयको स्थापना दिवसको दिन पारेर बालमैत्री विद्यालय घोषणा गरिएको हो । चन्द्रोदयले २०७९ असार ३ गतेदेखि बालमैत्री विद्यालय बनाउन बालमैत्री सूचकहरुलाई कार्यान्वयनमा ल्याएको प्रधानाध्यापक जिधराज ढकालले बताउनुभयो ।


यस्तै, हेटौंडा २ स्थित बालजागृती बोर्डिङ स्कुल संस्थागत तर्फ बालमैत्री विद्यालय बन्न सफल भएको छ । बाजागाजा सहित निकालिएको ¥यालीले नगर परिक्रमा गरेको थियो । बालमैत्री विदालय घोषणा भएसँगै यसलाई निरन्तरता दिन विद्यालय प्रतिबद्ध रहेको प्रिन्सीपल विनोद सुवेदीले बताउनुभयो । हेटौंडा उपमहानगरपालिका भित्र सामुदायिक र संस्थागत गरि १ सय १२ विद्यालय रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*