एक हप्ते फोटोग्राफी तालिम आइतबार समापन

संवाददाता
२० श्रावण २०८१, आईतवार १७:५६

२० श्रावण, हेटौँडा । स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसको आयोजनामा सञ्चालित एक हप्ते फोटोग्राफी तालिमको आइतबार समापन गरिएको छ ।
प्लस टु को परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको तालिमको एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं पूर्व आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । कार्यक्रममा बोल्दै नेता थापलियाले राजनीतिक स्थायित्वका लागि ठूला दुई दलबीच सत्ता सहकार्यको सहमति बनेको दाबी गर्नुभयो । केन्द्र देखि प्रदेश तहसम्म सरकारको स्थायित्वका लागि नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बनेको नेता थपलियाले जिकिर गर्नुभयो । सरकारले युवा प्रतिभालाई विदेश जानबाट रोक्नका लागि विशेष कोषको व्यवस्था गरेको उहाँले बताउनुभयो । नेता थपलियाले सरकारले काम गर्दै पढ्दै कार्यक्रमका लागि साना किसान बैंक र कृषि विकास बैक मार्फत् १० देखि २० लाख रुपैया बिना ब्याजमा क्रृण प्रदान गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो । नेता थपलियाले आफू अर्थमन्त्री हुँदा यस कार्यक्रमका लागि डेढ अर्ब बजेट विनियोजन गरेको बताउनुभयो ।

एक हप्ते फोटोग्राफि तालिममा दश जोड दुईको परिक्षा दिएर बसेका ७८ जना विद्यार्थीको सहभागिता रहेको थियो । उनीहरुलाई प्रशिक्षकहरु राम गिरी, अभि घिमिरे, मनोज अधिकारी, प्रवेश घिमिरे लगायतकाले प्रशिक्षण दिनुभएको थियो । सहभागिलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । हेटौंडा क्याम्पसका स्वबियु अध्यक्ष अभि मैनालीको समाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला युवा समिति मकवानपुर अध्यक्ष शिवहरी दाहाल, नेपाल रेडक्रस सोसाइटीका प्रमुख सुमित्रा काफ्ले, गैसस महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठक, हेटौंडा क्याम्पसका प्रमुख देवीराम लामा लगायतले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*