एच.आइ.डि.मिनी रंगशाला कम्पाउन्डको काम सुरु
१३ जेठ, हेटौँडा । हेटौंडामा एच.आइडि.मिनी रंगशाला कम्पाउन्डको काम सुरु भएको छ ।
आइतबार हेटौडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाले कम्पाउन्डको शिलान्यास गर्नुभएको हो । उपमहानगरको २० लाख बजेटमा कम्पाउन्डको काम सुरु भएको वडा नम्बर ९ का वडा अध्यक्ष सुक्राम केसीले जानकारी दिनुभयो । अबको दुई वर्षभित्रमा निर्माण कार्य सम्पन्न हुने उहाँको भनाई छ । हेटौडाको वडा नंं ८ र ९ सहित औद्योगिक क्षेत्रको समन्वयमा मैदानलाई देशकै मिनी रंगशालाको रुपमा चिनाउने गरी काम भइरहेको वडा अध्यक्ष केसीको भनाई छ ।














