एमाले मकवानपुरका नव निर्वाचित कमिटीद्वारा शपथग्रहण

संवाददाता
२८ जेष्ठ २०८१, सोमबार १८:१३

२८ जेठ, हेटौँडा । नेकपा (एमाले) मकवानपुरको नव निर्वाचित कमिटीले सोमबार शपथग्रहण गरेको छ ।
एमाले मकवानपुरको १२ औं अधिवेशनबाट निर्वाचित कमिटीले सोमबार शपथग्रहण गरेका हुन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शपथग्रहण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्नुहुँदै एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले मिसन २०८४ लाई अर्जुनदृष्टि बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टीभित्र कुनै पनि किसिमको गुटबन्दी हुन नदिने उहाँले बताउनुभयो । अध्यक्ष पोखरेलले बन्द कोठाभित्र बसेर जिल्ला कमिटीलाई असफल बनाउने गतिविधि आफुहरुलाई सैह्य नहुने पनि स्पष्ट पार्नुभयो ।


कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेताहरु मुकुन्द न्यौपाने, केदार न्यौपाने, देवि ज्ञवाली, डोरमणि पौडेल, रामेश्वर राना लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*