एमाले मकवानपुरको अध्यक्षमा पोखरेल बिजयी

संवाददाता
२१ जेष्ठ २०८१, सोमबार १६:२७

२१ जेठ, हेटौँडा । नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित हुनुभएको छ ।
सोमबार सम्पन्न मतगणनामा पोखरेलले तीन सय १३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी ईन्द्रमान स्याङ्तानले दुई सय ६२ मत प्राप्त गर्दा अर्का उम्मेदवार लालबहादुर थापाले १ सय ६६ र देवराज रिमालले ११ मत प्राप्त गर्नुभएको हो । अध्यक्ष पदमा निर्वाचित भएसंगै टिम टेलिभिजनसंग कुराकानी गर्नुहुँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले आगामी दिनमा कार्यकर्ताहरुलाई कुनै पनि किसिमको भेदभाव नगरी पार्टी निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्ने बताउनुभयो । मिसन २०८४ लाई लक्ष्य लिएर कामहरुलाई अघि बढाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष पोखरेलले पार्टीभित्र कुनै गुट उपगुट नरहेको समेत स्पष्ट पार्नुभयो । निर्वाचनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाएको उहाँको भनाई छ ।
त्यस्तै, पार्टीको उपाध्यक्षतर्फ चार सय ७६ मत प्राप्त गर्दै हिदम लामा निर्वाचित हुनुभएको छ । सचिवतर्फ भने सीता विष्टले २ सय ९७ मत प्राप्त गर्दै विजयी हुनुभयो । यसैगरी उपसचिव पुरुषतर्फ फुर्वा दोर्जे लामा दुई सय ४१ र महिला तर्फ आरती पाठकले पनि २ सय ४१ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । अधिवेशनमा कुल ७ सय ७७ जना प्रतिनिधि रहेकोमा ७ सय ६५ जनाले मतदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*