एमाले मकवानपुरको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
२४ कार्तिक, हेटौँडा । नेकपा एमाले मकवानपुरले शुक्रबार चार्डपर्बका अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
कार्यक्रमको अवसरमा नेकपा एमालेका केन्द्रीय तथा मकवानपुरका इन्चार्ज देवि ज्ञवाली, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले कार्यक्रममा सहभागि हुनु भएकोमा सबैलाई धन्यवाद दिदै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमिण पौडेल, एमालेका सचेतक महेश कुमार वर्तौला, एमाले बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलिया, एमालेका केन्द्रीय सदस्य केदार न्यौपाने, रामेश्वर राना, अर्का केन्द्रीय सदस्य तथा एमाले बागमती प्रदेशसभाका सदस्य भारती पाठक, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राइ, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तान, बागमती प्रदेशसभाका सदस्य प्रेम बहादुर पुलामी, एमाले नेता अनन्त पौडेल, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मकवानपुरका बिभीन्न राजनीतिक दल, बिभीन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधीहरु, नागरिक समाज, बिभीन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।














