एमाले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध छः नेता ढकाल
९ मंसिर, हेटौँडा । नेकपा एमालेका स्थायी कमिटि सदस्य भानुभक्त ढकालले नेकपा एमाले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।
शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता ढकालले अहिले मूलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाका विरुद्धमा जनतालाई भ्रमित पार्ने तत्वहरु सक्रिय रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले नेकपा एमाले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको बताउनुभयो । सस्तो लोकप्रियताका लागी कतिपय पार्टी र तीनका नेताहरुले संघीयता र गणतन्त्र विरुद्ध
नेता ढकालले सरकारले देशमा अराजकता निम्त्याउने तत्वहरुलाई थप उत्तेजित बन्नबाट रोक्नुपर्ने जिकिर गर्नुभयो । उहाँले नेकपा एमालेले प्रतीपक्ष रहेर सरकारलाई खबरदारी गरिरहेको समेत दाबी गर्नुभयो ।














