एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी सम्मानित
१८ असार, हेटौँडा । हेटौंडा १० स्थित तुलसी मेहर मेमोरियल सेकेण्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।
विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दैै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो । यस विद्यालयको २०८० सालको एसईई परीक्षामा ५० विद्यार्थी सहभागी भएकोमा ९ जनाले ए प्लस , १३ जनाले ए , १७ जनाले बी प्लस र ४ जनाले बी ग्रेड सहित शतप्रतिशत नतिजा आएको थियो । १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रा सुबिरा रानाले आफुले अध्ययनमा गरेको मेहनत र विद्यालयको पठनपाठनका बारेमा आफ्नो अनुभव सनाएका थिए । कार्यक्रममा सम्बन्धित विषयका विषय शिक्षकहरुलाई समेत नगदसहित सम्मान गरिएको थियो ।
बिगतका वर्षहरुमा पनि राम्रो नतिजा हासिल गर्दै आएको विद्यालयले विद्यार्थी, शिक्षक, अभिभावकको मेहेनत, विश्वासले गर्दा नै गर्वगर्न लायक नतिजा ल्याएको प्रधानाध्यापक रघुनाथ खरेलले बताउनुभयो । प्रधानाध्यापक खरेलले विज्ञान विषयमा फिजिक्स, केमेष्ट्री र बायोलोजीमा छुट्टाछुटुटै शिक्षकको व्यवस्था गर्ने आफुहरुको विद्यालय जिल्लाकै एक मात्र विद्यालय भएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष श्रेष्ठ सभाध्यक्षता कार्यक्रम भएको हो ।














