काँग्रेसद्वारा प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता

संवाददाता
२२ फाल्गुन २०८०, मंगलवार १८:५९

२२ फागुन, काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । उपसभापति धनराज गुरूङले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताउनुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सोमबार कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाएका थिए । उक्त समीकरणबाट तीन जना मन्त्रीले सोमबार अपराह्न शपथ लिइसकेका छन्। यससँगै पुरानो गठबन्धनका मन्त्री स्वत हटेका थिए भने सबै मन्त्रालय प्रधानमन्त्री दाहालको जिम्मेवारीमा छ । उपसभापति गुरूङले कांग्रेसका मन्त्रीहरूबाट प्रधानमन्त्री दाहाललाई असहयोग नगरेको पनि स्पष्ट पार्नुभयो । मन्त्रीका कारणभन्दा पनि राजनीतिक चलखेल र प्रवृत्तिले गर्दा गठबन्धन परिवर्तन भएको उहाँको भनाई छ ।
बैठकले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*