खानेपानीको भुक्तानी अब डिजिटल वालेटबाट तिर्न मिल्ने

संवाददाता
४ पुष २०८०, बुधबार १६:५३

४ पुस, हेटौँडा । खानेपानीको भुक्तानी डिजिटल वालेटबाट तिर्न मिल्ने गरि खानेपानी व्यवस्थापन बोर्ड हेटौंडा र एनएमबी बैकबीच सम्झौता भएको छ ।
बोर्डसँगको सहकार्यमा बैंकले बुधबारदेखि डिजिटल वालेट मार्फत बिल भुक्तानी कार्यको सुभारम्भ गरेको हो । हेटौंडा उपमहानगर क्षेत्रका २७ हजार घरधुरीले खानेपानीको महशुल तिर्न कार्यालय सम्म आउनुपर्ने बाध्यता टार्नका बैंकसँगको सहकार्यमा मोवाइल एप्स बनाएको हो । प्रमुख अतिथि एवं हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले डिजिटल वालेट ‘इ—एनएमबी एप्स’ सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख लामाले घर घरमा खानेपानी प्राउने प्रतिबद्धता अनुरुप नै आफूले काम गरिरहेको दाबी गर्नुभयो । नागरिकलाई निशुल्क खानेपानी उपलब्ध गराउन प्रतिघर दशहजार लिटर पािन उपमहानगरले निशुल्क उपलब्ध गराएको उहाँले बताउनुभयो । क्यासलेस प्रविधीबाट महसुल भुक्तानी गर्दा आर्थिक मितव्यीता कायम हुने नगरप्रमुख लामाको विश्वास छ ।
खानेपानी व्यवस्थापन बोर्डका अध्यष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा एनएमबिका सिइओ सुरेश उपाध्याय, हेटौंडा उपमहानगरपालिका २ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, एनएनबी बैंक नारायण क्षेत्रीय प्रमुख उज्वल रिजाल लगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*