गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको छः सभापति देउवा
८ पुस, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताउनुभएको छ ।
आईतवार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक रहेको बताउनुभयो । गणतन्त्रको विरोध गर्दै केही आवाजहरू उठेको र त्यसले गणतन्त्रलाई कमजोर पार्ने प्रयास भएपनि अब इतिहासमा फर्किने सम्भावना नरहेको सभापटि देउवाको भनाइ थियो । उहाँले राजनीतिक दलहरुले यसबारेमा विशेष जोड दिइ गम्भीर बन्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले नेता स्व. भट्टराई कुनैपनि बद्नामले नछोएको व्यक्ति भएको बताउनु भयो । सभापति देउवाले कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा पार्टीलाई हिँडाउन सकेको खण्डमा प्रजातन्त्र झनै सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।














