गणतन्त्र दिवसको अवसरमा चिल्ड्रेन पार्कमा वृक्षारोपण

संवाददाता
१४ जेष्ठ २०८१, सोमबार १९:१६

१४ जेठ, हेटौँडा । गणतन्त्र दिवस २०८१ को अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
वन तथा वातावरण मन्त्रालय वागमती प्रदेशको आयोजनामा सोमवार हेटौंडा ८ स्थित चिल्डेन पार्कमा वृक्षारोपण गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा चिल्ड्रेन पार्कमा १ सय ओटा विभिन्न प्रजातिका विरुवा रोपण गरिएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले संघीयता पछि सेवा प्रवाह लगायत कामले तीव्रता पाएसंगै विकास निर्माणका काम नयाँ ढुङ्गले अघि बढेको बताउनुभयो । त्यसै गरी वागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेलले गणतन्त्र दिवसको अवसर पारेर मुख्यमन्त्री, मन्त्री, प्रदेश सांसद्, मुख्य सचिव लगायतको ट्याग सहित रोपिएको विरुवाको संरक्षण स्थानीय वडा कार्यालयले महत्वका साथ गर्नेमा विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा प्रदेशका मन्त्री, प्रदेश सभा सदस्य, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*