गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा काँग्रेस र एमालेबीच मतभेद छैनः सभापति देउवा
१९ भाद्र, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलिय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा काँग्रेस र एमालेबीच मतभेद नरहेको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि काँग्रेस र एमोलबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने बताउनुभयो । उहाँले देशको अवस्था चुनौतिपूर्ण रहेको भन्दै कर्मचारीहरुमा अझ यसको प्रभाव पर्ने उल्लेख गर्नुभयो । उहाँले चुनौतिलाई बुझेर काम गर्न आवश्यक रहेको बताउनु भयो ।
सभापति देउवाले एमाले र काँग्रेस मुख्य प्रतिष्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भएपनि समस्याको समाधान गर्नु नै आफूहरुको कर्तव्य भएको बताउनुभयो । यसबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरुको कार्यान्वयन गर्न पनि उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्ने उहाँको भनाई छ ।
सभापति देउवाले निजामति कर्मचारी स्थायी सरकार भएको बताउनु भयो । उहाँले कर्मचारी भइसकेपछि सरकारको निर्णय मान्नुपर्ने बताउनु भयो ।














