गृहमन्त्रीमाथि छानवीन गर्न संसदीय समिति बनाउनुपर्ने काँग्रेसको माग कायमै

संवाददाता
१८ चैत्र २०८०, आईतवार १३:३७

१८ चैत्र, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगि प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानवीन गर्न संसदीय छानवीन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ ।
आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले गृहमन्त्रीमाथि छानविन गर्नुपर्नेमा गृहमन्त्रीको जिम्मेवारीमा पुग्नुभएको भन्दै यसले संशय पैदा भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री र सुरक्षा निकायको प्रमुखले पनि न्यायाधीश जस्तो गरी क्लिनचिट दिनुभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले ठुलो माछालाई काखिमा च्यापेर सानो माछा खोज्नुभएको बताउनु भयो । उहाँले चाँडो भन्दा चाँडो संसदीय समिति बनाउन माग गर्नुभयो ।
संसदीय छानवीन समिति नबनेमा काँग्रेस संसद अवरोध गर्ने तहसम्म पुग्ने उहाँले चेतावनी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*