ङिङपा छोइलिङग गुम्बाको ६ औँ साधारण भेला सम्पन्न

संवाददाता
१० पुष २०८०, मंगलवार १८:५७

१० पुस, हेटौँडा । हेटौडा उपमहानगर पालिका १३ टुटेपानीमा रहेका ङिङपा छोइलिङग गुम्बाको मङगलवार ६ औँ साधारण भेला सम्पन्न भएको छ ।
हेटौडा उपमहानगर पालिकाका उपमेयर राजेश बानियाको प्रमुख आतिथ्थातामा भेला सम्पन्न भएको हो । कार्यक्रममा उपमेयर बानिंयाले नेपाल बहुजाती बहुभाषी बहुधार्मिक, बहुसांस्कृतिक मय देश भएकोले सबै धर्मलाई समान रुपले हेर्नुपर्ने बताउनुभयो । १३ नम्बर वडाका वडा अध्यक्ष पेम्बा लामाको विशेष आतिथ्यता रहेको भेलामा टासी छोइलिङग गुम्बाका अध्यक्ष लक्ष्मी थिङग, मकवानपुर फुटबल संघ कोषाध्यक्ष अमृत लुङबा, पदम पोखरी व्यबसायी संघका अध्यक्ष सागर बल लगायतले मन्तव्य व्यक्तm गर्नुभएको थियो । भेला ङिङपा छोइलिङग गुम्बाका अध्यक्ष जयराम घलानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*