चाडपर्वमा मात्र नभई अन्य समयमा पनि बजार अनुगमन गर्नेमा जोड

संवाददाता
२ चैत्र २०८०, शुक्रबार १९:२६

२ चैत्र, हेटौँडा । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा मकवानपुरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा भउको अन्तरक्रियामा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीले चाडपर्वमा मात्र नभई अन्य समयमा पनि बजार अनुगमन हुनुपर्ने, उपभोक्ता सचेतनामा विषेश जोड दिनुपर्ने, स्वास्थ्य क्षेत्रमा कडाइका साथ अनुगमन हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चापागाईले उपभोक्ताको सचेतना अभिवृद्धि सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले उपभोक्ता अधिकार सबैको साझा विषय भएको बताउनुभयो । उपभोक्ता अधिकार किुनै उपभोक्तावादी संस्थाको मात्र विषय नभएको भन्दै उहाँले सबैको साझा विषयको रुपमा ग्रहण गर्नु जरुरी रहेको औंल्याउनुभयो ।उपभोक्ता अधिकारका क्षेत्रमा कार्ययोजना बनाएर अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश ईन्चार्ज बासु खतिवडाले उपभोक्ता अधिकारलाई लागि सधैं खटिन तयार रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*