चालू आर्थिक वर्षको चैत्र मसान्त सम्म मकवानपुरमा दुई जना औलोकोे संक्रमण पुष्टि

संवाददाता
१३ बैशाख २०८१, बिहीबार १९:११

१३ वैशाख, हेटौँडा । मकवानपुरमा २ जनामा औलो संक्रमण पुष्टि भएको छ ।
औलो दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा चालू आर्थिक वर्षको चैत्र मसान्त सम्ममा दुई जना औलोको विरामी फेला परेको जानकारी गराएको छ । कामको शिलशिलामा मकवानपुर बस्ने दुई जनामा औलो पुष्टि भएको हो । मकवानपुर जिल्लाको १० स्थानीय तहमा कार्यालयले ३ हजार ८ सय ४८ जनाको औलो परिक्षण भएको जानकारी गराएको छ । बागमती प्रदेशमा ४२ जना औलोको विरामी भेटिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । ४० जना भारत लगायत अन्य देशबाट आउनेमा औलो देखिएको र २ जना स्थानीय रहेको तथ्यांक प्रस्तुत गरिएको थियो । सबैभन्दा बढी काठमाडौंको १७ जनामा औलो पोजेटिभ पाइएको तथ्यांक छ ।
बागमती प्रदेशका ३ सय ६५ वडा न्यून जोखिममा रहेका छन् । सबैभन्दा बढी सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १ सय ८० जनामा औलो संक्रमण भेटिएको छ । सुदुर पश्चिममा १ सय ५० औलोका विरामी फेला परेका थिए । सबैभन्दा कम कोशि प्रदेशमा १४ जना भेटिएका थिए । नेपालमा ५ सय २९ जना औलोका बिरामी भेटिएका छन् । पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा औलो सर्छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा अप्रिल २५ तारिखलाई विश्व औलो दिवसका रूपमा मनाउँदै आइएको छ । नेपालले सन् २०२५ सम्म औलो उन्मूलन गर्ने लक्ष्य लिएतापनि कर्णाली, सुदुरपश्चिम र लुम्बिनीमा औलोको विरामी फेला परेसँगै चूनौती बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*