चीनको ग्वाङडोङमा चालकविहीन सरसफाईका सवारीसाधन सडकमा

संवाददाता
१४ श्रावण २०८१, सोमबार १३:०१

१४ श्रावण, एजेन्सी । जुलाईमा चीनको ग्वाङ्डोङमा चालकविहीन सरसफाई सवारी साधनहरू खटाइएको छ ।
चालक बिहीन सरसफाईका सवारी साधनले सडकको फोहोर, धुलो सरसफाई गरिरहेको भिडियोमा देख्न सकिन्छ । सरसफाई, सिफ्ट समयतालिका र स्वचालित सञ्चालनको लागि उन्नत सेन्सरहरूसँग सुसज्जित सवारी साधनहरूले सरसफाई कर्मचारीहरूको लागि सुरक्षा र दक्षता बढाउने अपेक्षा गरिएको छ । चीनले सन् २०२२ देखि चालकबिहीन सवारीसाधनको परीक्षण गरिरहेको थियो ।
२०२४ आएर भने सरसफाईमा खटाएको हो । आगामी दिनमा शहरलाई व्यवस्थित र सफा राख्न सहयोग पु¥याउने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*