चौघडा सहकारीद्वारा १ सय १५ जना ज्येष्ठ शेयर सदस्य सम्मानित

संवाददाता
२ बैशाख २०८१, आईतवार १७:५३

२ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–६ स्थित चौघडा बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा जेष्ठ शेयर सदस्य सम्मान तथा उत्कृष्ट बाल बचत सदस्य पुरस्कार वितरण कार्यक्रम गरेको छ ।
स्थापनाको १६ वर्ष पूरा भएको अवसरमा संस्थाले ७० वर्ष उमेर माथिका १ सय १५ जना जेष्ठ शेयर सदस्यलाई नगद सहित सम्मान गरेको हो । ६ नम्बर वडाका वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख अतिथ्यतामा संस्थाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच ज्येष्ठ सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै, नियमित रुपमा बचत गर्ने ७ जना उत्कृष्ट बाल बचत कर्तालाई पुरस्कार समेत प्रदान गरेको छ ।


उत्कृष्ट बाल बचत कर्तालाई विद्यालय ब्याग प्रदान गरिएको संस्थाका अध्यक्ष विजय श्रेष्ठले बताउनुभयो । त्यसैगरी, स्थापना दिवसको अवसरमा सोमबार बिहान कार्यालय परिसरमा बृहत रक्तदान कार्यक्रम राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष श्याम प्रसाद श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*