जनयुद्ध दिवसको अवसरमा हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन

संवाददाता
१ फाल्गुन २०८०, मंगलवार १९:१०

१ फागुन, हेटौँडा । नेकपा (माओवादी केन्द्र) र नेकपा मकवानपुरका भातृ सगठनले संयुक्त रुपमा ‘जनयुद्ध दिवस’को अवसरमा मकवानपुरमा दीप प्रज्वलन गरेको छ ।
सिमाचोकबाट ¥याली सहित माओवादी तथा नेकपाका नेता कार्यकर्ताले बुद्दचोकमा दीप प्रज्वलन गरेर ‘जनयुद्ध दिवस’ मनाएका हुन् । सरकारले जनयुद्ध दिवसमा दिएको बिदा सर्वोच्च अदालतले खारेज गर्नु दुखद भएको ¥यालीमा सहभागीहरुले बताएका छन् । सबै माओवादी घटकहरु एक हुनुको बिकल्प नभएको उनीहरुको भनाई छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तुले व्यवस्था परिवर्तनमा जनयुद्धको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउनु पर्ने उहाँको भनाई छ । महिला, दलित, उत्पीडितको अधिकार स्थापित गर्न जनयुद्ध लडेको सांसद् पुलामीले स्मरण गर्नुभयो ।
कार्यक्रममा नेकपाका मकवानपुर इन्चार्ज राम सि वाटर, माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य बीर बहादुर घलान ज्वाला, नेकपाका उत्तरी पश्चिमी इन्चर्ज सुर्य सि अधिकारी, पत्रकार महासङ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, प्रेस सेन्टर बागमती महासचिव ध्रुव अधिकारी, प्रेस सेन्टर मकवानपुर उपाध्यक्ष राजकुमार केसि लगायतको उपस्थिति थियो । २९ बर्ष अगाडि २०५२ साल फागुन १ गतेदेखि माओवादीले १० वर्षे जनयुद्ध गरेको थियो । त्यही स्मरणमो जनयुद्ध दिवस मनाउदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*