जिल्लास्तरीय जुनियर क्योकुसिन कराँते प्रतियोगिता सम्पन्न

संवाददाता
१० फाल्गुन २०८०, बिहीबार १९:२५

१० फागुन, हेटौँडा । नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा हेटौँडामा जिल्लास्तरीय जुनियर क्योकुसिन कराँते प्रतियोगिता सम्पन्न भएको छ ।
महासंघको स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा महिला र पुरुष गरी दुई समूहका चार÷चार तौल समूहमा प्रतिस्पर्धा भएको थियो । जसअनुसार महिलातर्फ ३० केजी तौल समूहमा रशु श्रेष्ठ प्रथम, सुप्रिया खतिवडा दोश्रो र सविना गोले तेश्रो भइन् । ३५ केजीमा युना आले मगर प्रथम, बिमला मोक्तान दोश्रो र शिखा चौलागाई तेश्रो हुँदा ५० केजीमुनिमा साधन लोप्चन प्रथम, सुजिका लामा दोश्रो र मेलिना चौलागाई विजयी भएकी छिन् ।
त्यस्तै, पुरुषतर्फ २५ केजीमा स्वीकृत खतिवडा प्रथम, रिसुक राई दोश्रो र समीर थिङ तेश्रो भए । त्यसैगरी ३० केजीमा अंकित बल प्रथम, ओम रुम्बा दोश्रो र अर्जुन थिङ तेश्रो हुँदा ३५ केजीमा अशिम खड्का पहिलो, शिव वाईवा दोश्रो र आवेग लोप्चन तेश्रो भए । ४५ केजीमा समिर विश्वकर्मा प्रथम, शिशिर मगर दोश्रो र सजन घिसिङ तेश्रो भए । महासंघका जिल्ला अध्यक्ष सबिन मोक्तानका अनुसार प्रतियोगितामा विभिन्न तौल समूहका ५० जना खेलाडीहरू सहभागी भएका थिए ।


प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई फागुन १२ गते एक कार्यक्रमको आयोजना गरि २–२ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष मुक्तानले बताउनुभयो । सोही दिन क्योकुसिन कराते खेलाडीबाट घ्याम्पो ब्रेकिङ, आइस ब्रेकिङ, टायल ब्रेकिङ, स्टोन ब्रेकिङ, लठ्ठी ब्रेकिङ, मोटर साइकल पेटबाट गुडाउनेजस्ता प्रदर्शनी रहने बताइएको छ । सोही अवसरमा मकवानपुरबाट राष्ट्रियस्तरमा खेल्ने र पदक प्राप्त गर्न सफल खेलाडीलाई समेत सम्मान गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*