जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्ष भेष खड्गीको बिदाई

संवाददाता
५ चैत्र २०८०, सोमबार १८:४७

५ चैत्र, हेटौँडा । जिल्ला खेलकुद विकास समिति मकवानपुरले अध्यक्ष भेष खड्गीको बिदाई गरेको छ ।
हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम गरिएको हो । दुई वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको भन्दै समिति लगायतका खेलकुद सम्बद्ध मकवानपुरका संघ संस्थाले खड्गीको बिदाई गरेका हुन् । प्रमुख अतिथि लामाले खड्गीको दुई वर्षे कार्यकालमा खेलकुद क्षेत्रको अभिभावकत्व निर्वाह गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । समिति बाहिर रहेर भएपनि खेल क्षेत्रको विकासमा अनवरत लाग्न उहाँको सुझाव थियो । हेटौंडा उपमहानगरपालिका खेल क्षेत्रको प्रवद्र्धनका लागि सधैँ प्रतिबद्ध रहने उहाँले दोहो¥याउनुभयो ।
यस्तै अध्यक्ष खड्गीले खेलकुद विकास समितिको अध्यक्ष भएर कार्य गरिरहँदा थुप्रै चूनौतीको सामना गर्नुपरेको बताउनुभयो । खेलकुद तथा व्यापार महोत्सवबाट संकलन भएको २० लाख रुपैयाँ अक्षय कोष मार्फत् खेल क्षेत्रको विकासमा लगाउने उहाँले बताउनुभयो । उक्त कोषमा खड्गीले आफ्ना पिताको नाममा वार्षिक ५० हजार थप गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका पूर्व मेयर हरिबहादुर महत, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल लगायतले मन्तव्य राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*