जुनियर खेलाडीहरूको ग्रेडिङ सम्पन्न
२४ जेठ, हेटौँडा । रचना तेक्वान्दो डोजाङ अन्तर्गतका जुनियर खेलाडीहरूको ग्रेडिङ सफलतापूर्वक सम्पन्न भएको छ ।
आइतबार हेटौंडा–६ रामनगरस्थित बालजागृति युवावर्ष माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना गरिएको ग्रेडिङ कार्यक्रममा रचना तेक्वान्दो डोजाङमा प्रशिक्षण लिइरहेका खेलाडी सहभागी भएका थिए । ग्रेडिङ सेतो पेटीदेखि फूल रेड बेल्टसम्मका खेलाडीका लागि सञ्चालन गरिएको थियो ।
कार्यक्रममा २१ जना जुनियर खेलाडीले आफ्नो दक्षता र सीप प्रदर्शन गर्दै प्रमोशनका लागि प्रतिस्पर्धा गरेका थिए । ग्रेडिङमा उत्कृष्ट खेलाडीका रुपमा सुविन गौतमलाई पुरस्कृत गरिएको थियो । समाजसेवी कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला हिमालयन राइर्डसका प्रतिनिधिका साथै स्थानीय अभिभावकहरुको उपस्थिती रहेको थियो ।
प्रशिक्षक ईश्वर श्रेष्ठका अनुसार ग्रेडिङमा सहभागी खेलाडीहरूको नतिजा सोमबार सार्वजनिक गरिनुको साथै ग्रडिङ प्रमाणपत्र प्रदान गरिने बताउनुभयो । स्थान अभावका कारण साना बालबालिकाहरुले खुला चौरमै अभ्यास गर्न बाध्य भएका छन् । वडा नम्बर ६ रामनगरमा कर्भड हल नहुँदा खेलाडीहरु घाम पानी हिलोबिच प्रशिक्षण लिइरहेका छन् ।














