डबल ब्याडमिन्टनको उपाधी नरेन्द्र र देवलाई

संवाददाता
१५ भाद्र २०८१, शनिबार १९:०७

१५ भाद्र, हेटौँडा । थाहा नगरस्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी नरेन्द्र मोक्तान र देव अर्यालको टिमले हात पारेको छ ।
थाहा नगरपालिका वडा नम्बर ४ क्याम्पाडाँडाको कबर्डहलमा सम्पन्न प्रतियोगितामा जित हातपारे संगै बिजेताले १० हजार सहित ट्रफी,मेडल हात पारे। उपबिजेता बन्न सफल संग्राम खत्री र मधुसूदन चौधरीको टिमलेले नगद ७ हजार सहित ट्रफी मेडल हात पारेका छन् । संग्राम खत्री प्रतियोगितामका उत्कृष्ट खेलाडी हुन बन्दै नगद २५ सय सहित ट्रफी प्राप्त गरेका छन् ।
पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीको अध्यक्षता तथा थाहा नगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,वडा न ४ का अध्यक्ष नारायण लामा, खेलकुद विकास समिती थाहा नगरका पुर्व संयोजक राजेश केसी, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगर, पालुङ जेसीजका पुर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
थाहा नगरपालिका वडा नम्बर ३ को सहयोगमा भएको प्रतियोगिता पालुङ जेसिजले आयोजना गरेको हो ।
प्रतियोगिताको समन्वय ब्याडमिन्टन संघ थाहानगर, फरक सोच र शिखर क्लबले गरेको थियो । प्रतियोगिताको मिडिया पार्टनरका रुपमा टिम टेलिभिजन पनि रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*