तीन जना मन्त्रीले शपथ लिए

संवाददाता
२१ फाल्गुन २०८०, सोमबार १८:०३

२१ फागुन, हेटौँडा । नयाँ गठबन्धन दलहरूबाट तीन जना मन्त्रीले शपथ लिएका छन् ।
नेकपा (एमाले) बाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल (डिपी) ले शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरूलाई सोमबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो । नवनियुक्त मन्त्रीहरूले कुन मन्त्रालय सम्हाल्ने भन्ने तय भइसकेको छैन। उनीहरूलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको हो ।
यसैबीच नेपाली कांग्रेस लगायत पुरानो गठबन्धन दलबाट मन्त्री भएकाहरू बिदा भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले कांग्रेससँगको सहकार्य तोड्दै एमाले, रास्वपासहित नयाँ समीकरण बनाउनुभएको हो । नयाँ गठबन्धन दलभित्र कसले कुन मन्त्रालय लिने भन्ने समझदारी बनिसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*