तीन महिने केश श्रृंगार तथा सौन्दर्य तालिमको आइतबार समापन
१६ वैशाख, हेटौँडा । नवजीवन ज्योती क्लबको आयोजनामा भएको तीन महिने केश श्रृगार तथा सौन्दर्य तालिमको समापन गरिएको छ ।
व्यवसायीक तथा सीप विकास तालिम केन्द्रको सहयोगमा सञ्चालित तालिममा २६ जना महिलाहरुको सहभागिता रहेको थियो । बेरोजगार महिलालाई सीप मार्फत् आयआर्जनमा जोड्न तालिम प्रदान गरिएको नव जीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोलाले बताउनुभयो । हेटौडा उपमहानगरपालिका ६ नम्बर वडाका वडा अध्यक्ष विष्णु बहादुर दहालको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ६ नम्बर वडा बासीहरुलाई सीपमुलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाउनु नै वडा कार्यालयको प्रमुख लक्ष्य रहेको बताउनुभयो । सिकेको सीपलाई व्यवहारमा लागू गरेर आयआर्जनमा जोडिन पनि उहाँले सहभागीलाई सुझाव दिनुभयो ।
तालिममा सहभागी सबैलाई प्रमाणपत्र समेत उपलब्ध गराइएको थियो । कार्यक्रममा व्यवसायीक तथा सीप विकास तालिम केन्द्रका कार्यालयका प्रमुख अशेष खड्का, केन्द्रका लेखा प्रमुख डोर बहादुर खड्का, प्रशिक्षक अनुपा घिमीरे, रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष रमेश बानियाँ, नव जीवन ज्योती क्लबका सल्लाहकार श्याम प्रसाद श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।














