त्रिभुवन राजपथमा सवारी चाप बढयो
१७ असोज, हेटौँडा । अबिरल बर्षाले देशका धेरै राजमार्गमा क्षति पु¥याउँदा मुलुककै जेठो राजमार्ग त्रिभुवन राजपथमा अहिले सवारी चाप बढेको छ ।
अघिपछि सुनसान जस्तै देखिने यो राजमार्गमा अहीले दैनिक ६ हजार भन्दा बढी साना सवारी साधन गुडीरहेका छन् । यसअघि दैनिक मुश्कीलले एकसयवटा सवारी साधन मात्रै चल्ने यो राजमार्गमा यतिबेला पुर्वदेखिका सवारी साधन गुड्न थालेका छन् । धरान चतरा हुँदै सिन्धुलीको बाटो हेटौँडा निस्कीएर सवारी साधन त्रिभुवन राजपथको बाटो काठमाडौँ पुगीरहेका छन् ।
यसअघि विपी राजमार्ग हुँदै सञ्चालन हुने सवारी साधन पनि त्रिभुवन राजपथकै बाटो भएर सञ्चालन भईरहेका छन् । २००९ सालमा बन्न सुरु भएको यो राजमार्ग २०१२ सालदेखि सञ्चालनमा आाएको थियो । राजमार्गका केही स्थानमा पहिरो पन्छाएर वान साइड सञ्चालन भएपछि यो राजमार्गमा सवारी चाप बढेको हो ।
त्रिभुवन राजपथको बाटो नौबिसे जोडिने भएपनि सवारी चापका कारण पालुङको कुन्छाल हुँदै बज्रबारही चित्लाङ भएर थानकोटसम्म पु्ग्ने गरी ब्यवस्था मिलाईएको छ । यो राजमार्गमा अहीले ठूला सवारी साधनलाई भने रोक लगाईएको छ ।














