थाहाका अगुवा कृषकहरु सम्मानित

संवाददाता
२२ असार २०८१, शुक्रबार ०८:४८

२१ असार, हेटौँडा । थाहा नगरपालिकाको कृषि विकास शाखाले कुटो कोदालो खेलाउने थाहाका अगुवा कृषकहरुलाइ सम्मान गरेको छ ।
बर्षमा तीन सय ६५ दिन खेतबारीमा कुटो कोदालो खेलाउने अगुवा कृषकहरुलाई कार्यलयले सम्मान गरेको हो । थाहाका १५ जना अगुवा तरकारी किसानहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई नगद र सम्मानपत्रसहित सम्मान गरिएको हो । सम्मानको लागि शाखाले विभिन्न अगुवा कृषक मुल्यांकनका आधारहरु तय गरेको थियो ।
शाखाले गुणस्तरीय तथा बढी उत्पादन,कृषि प्रविधि प्रसारण,भुगोल,समावेशी,नयाँ जातको खेती,फलफूल बालीमा क्षेत्र विस्तार, नर्सरीबाट बिरुवा प्रसारण,महत्वपूर्ण कार्य तथा कृषिमा समाज सेवा आधारहरु तोकेको थियो ।
सोही मुल्यांकनको आधारमा समूह संचालन व्यवस्थापनकको रुपमा उत्कृष्ट कृषकको रुपमा थाहा १ का कृष्ण मान प्रधान, नयाँ तरकारी जातको खेतीको लागि थाहा २ कि सविता प्रधान र थाहा ३ का कुमार घिसिङ, बढी तथा गुणस्तरीय आलु उत्पादनको लागि थाहा ३ का हरेराम उपाध्याय, फलफुल नर्सरी तर्फ थाहा ४ का भलराम कार्की, अगुवा कृषक थाहा ५ का कृष्ण बहादुर गुरुङ, किवि उत्पादनमा प्रकृति अर्गानिक कृषि फर्म थाहा ६ का माधव सुवेदी, हाइब्रीड गोलभेडा र अकबरे खुर्सानीको बीउ उत्पादन गरेबापत थाहा सिड बज्रवाराहीका देवेन्द्र महर्जन, बढी गोलभेडा उत्पादनमा थाहा ६ बाटै श्याम लामिछाने,बढि कागती उत्पादनमा थाहा ७ का गुप्त सिं ठकुरी, अगुवा कृषकको रुपमा थाहा ८ का रमेश बिक, टनेलमा गोलभेडा खेती गरि उत्कृष्ट उत्पादन गर्ने थाहा ९ का पुरुषोत्तम लामिछाने र १० कि रिता गोपाली, टनेलमा अदुवा खेती गर्दै आइरहेका थाहा ११ का चन्द्र कुमार भोम्जन र एभोकाडो फलफुल खेती गरि थाहा १२ का छत्र बहादुर आले मगर लाई सम्मान गरिएको थियो।


कृषकहरूलाई सम्मान गर्दै नगर उपप्रमुख भरत गोपालीले कृषक सम्मानले थाहामा उत्कृष्ट सुरुवात भएको बताउनुभयो । थाहा नगरपालिकाका आर्थिक विकास समिती संयोजक हिरेन्द्र कुमार रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी, प्रशासन महाशाखा प्रमुख नवीन खालिङ, कृषि शाखाका प्रमुख सन्जय तिवारी, रोजगार शाखा प्रमुख कुमार नेगी, नगरपालिकाका कृषि प्राविधिकहरु लगायतका उपस्थिति रहेको थियो । सम्मान कार्यक्रमले कृषकहरुमा आत्मसम्मान बढ्नुका साथै कृषि पेशा गर्नमा थप प्रेरणा मिलेको कृषकहरुले प्रतिक्रिया दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*