थाहाका मेयर राष्ट्रिय परिचयपत्र बनाउन सम्झाउँदै गाँउगाँउमा

संवाददाता
१ असार २०८१, शुक्रबार २०:५८

शम्भु अधिकारी

जेठ ३२ थाहा ।
थाहा नगरपालिकाका प्रमुख विष्णु विष्ट नियमित कामबाट अलि फुर्सद निकालेर हिजो आज गाँउका बुढापाकासँग भलाकुसारी गर्दै राष्ट्रिय परिचयपत्र बनाउन सम्झाउदै हिड्ने गर्नुहुन्छ । थाहा नगरपालिकामा असार ८ देखि १३ गते सम्म राष्ट्रिय परिचयपत्र बनाउन विवरण संचालन हुने भएकाले तोकिएको मितिमा विवरण दर्ता गर्न कोही नछुटुन भन्ने उद्देश्यले मेयर विष्ट घरदैलो मै पुगेर विवरण दर्ताका लागि पालिका आउन आग्रह गर्नुभएको छ ।

गाँउका बृद्ध बा–आमाहरु सूचनाको पहुँचबाट टाढा हुने हुँदा सँम्झाउदै हिडेको प्रमुख विष्ट बताउनु हुन्छ । दर्ता विशेष शिविर पालिका मै हुने भएकाले मेयर विष्टले आवश्यक कागजपत्र सहित सामाजिक सुरक्षाभत्ता लाभग्राहीलाई तोकिएको मितिमा नगरपालिकाको केन्द्रमा आउन आग्रह गर्ने गर्नुभएको छ ।

‘सामाजिक सुरक्षा भत्ता नवीकरण २०८१ भदौ मसान्तसम्म गर्न सकिने भएकोले परिचयपत्रमा विवरण दर्ता गर्न छुट भएका व्यक्तिहरूले विवरण दर्ता गर्न शुरु गरिएको र आफ्नो नगर भित्रका कोही नछुटुन भनेर जानकारी दिदै हिडेको उहाँले बताउनुभयो । नगरपालिका सहित वडाका सबै संयन्त्र पनि यस विषयमा जानकारी गराउन लागि परेको प्रमुख विष्टले बताउनु भयो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*