थाहाको तिनाल गाउँका ४२ घर परिवार अझै पानी बोकेरै गुजारा गर्दै

संवाददाता
१० मंसिर २०८०, आईतवार १९:१९

१० मंसिर, हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाका कतिपय गाउँमा अझै पानी बोकेरै खानुपर्ने बाध्यता रहेको छ ।
बज्रवाराहीबाट नजिकै रहेको थाहा नगरपालिका वडा नम्बर ५ को तिनाल गाउँका स्थानीयहरु खानेपानी बोकेरै दैनिकी चलाइरहेका छन् । इन्द्रसरोवर गाउँपालिका १ नम्बर वडाको सीमा क्षेत्रमा पर्ने तिनाल गाउँका करिब ४२ घरमा पानी बोकेरै खाने र वस्तुभाउ पाल्नुपर्ने बाध्यता रहेको छ ।


पानी अभावकै कारण गाउँमा वस्तुभाउ पाल्न र करेसाबारीमा सागपात रोप्न समेत कठिनाइ भएको रमेश भ्लोनको भनाइ छ । तिनाल गाउँमा अहिले मात्र होइन पहिलेबाटै खानेपानीको अभाव रहेको गाउँका ज्येष्ठ नागरिक रामनाथ वाइवाले गुनासो गर्नुभयो ।
तिनाल गाउँमा, गाउँ भन्दा माथि पानीको मुहानै छैन । पानीका लागि गाउँदेखि करिब ८ सय मीटर तल तिनाल खेत मुहानबाट पानी बोकेर उकालो चढ्नु पर्ने स्थानीय विवेक कुमारी भ्लोनले बताउनुभयो । गाउँमा पानी ल्याइदिनको लागि अनुरोध गर्दा आश्वासन बाहेक अरु केही नपाएको स्थानीयहरुको गुनासो छ ।


तिनाल गाउँमा ४२ परिवारको करिब २ सय २० जना बसोबास रहेको छ । उनीहरुले गाउँमा पानी आपूर्तिको लागि सहयोग गरिदिन स्थानीय सरकार र सहयोगी निकायहरुलाई अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*