थाहानगरको शिखरकोटमा कृष्णाष्टमी मेलाको भव्य तयारी
८ भाद्र, हेटौँडा । मकवानपुरको थाहा नगरपालिकामा यहि भाद्र १० गते परेको कृष्णाष्टमी मेलाको तयारी तिब्र भएको छ ।
थाहा नगरपालिकासहित आठवटा आयोजक संस्थाहरु मेला व्यवस्थापनका लागि जुटिरहेको आयोजक शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिनुभयो । मेलाको लागि भाद्र ८ गते बजार क्षेत्रमा तोरण टाँङ्ने, सरसफाई, अस्थायी पसलहरु व्यवस्थापनको काम भैरहेको आयोजक शिखर क्लबका अध्यक्ष विश्व अर्यालले बताउनुभयो । मेलामा यसवर्ष पहिलेको तुलनामा थप अकर्षणहरु समेत थपिएको अध्यक्ष अर्यालले जानकारी दिनुभयो । त्यसैगरी लिटिल राधाकृष्ण तथा साँस्कृतिक झाँकी प्रदर्शनी समेत हुने उहाँले बताउनुभयो । भाद्र ११ गते वृहत साँस्कृतिक कार्यक्रम तथा घैटो फुटाउने प्रतियोगिता आयोजना गरिएको छ ।

मेलाको थाहा नगरपालिका, बजार व्यवस्थापन समिति शिखरकोट, शिखर क्लब, गोपाली समाज, नवजागृत पुस्तकालय, फरकसोच, दामन चेली समाज र ब्याडमिन्टन संघ थाहा नगरपालिका आयोजक रहेका छन् । मेलाको मुख्य प्रायोजक यति ब्रुअरी र अर्ना रहेको छ । मेलालाई प्रचारप्रसारमा विशेष सहयोग गर्नका लागि अफिसियल मिडियाहरु समेत तोकिएका छन् ।
पालिका प्रेस डटकम, थाहापाटी, थाहा टाइम्स, रेडियो दामन, सत्मार्ग मिडिया र टिम टेलिभिजन मेलाका अफिसियल मिडिया हुन् ।














