थाहामा आगलागी नियन्त्रण तथा बच्ने उपाय सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

शम्भु अधिकारी
२४ फाल्गुन २०८०, बिहीबार १७:१२

२४ फागुन, हेटौँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा घरेलु आगलागी नियन्त्रण तथा बच्ने उपाय सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा बागमती प्रदेश बिपद व्यवस्थापन गुल्मको प्राविधिक सहयोगमा आगलागीका घटनाहरू नियन्त्रणका उपायका बारेमा सचेत्नामुलक कार्यक्रम गरिएको हो । जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो । कायृक्रममा बागमती प्रदेश बिपद व्यवस्थापन गुल्म हेटौंडाका प्रहरी निरीक्षक चुडा कुमारी खड्का सहितको प्रहरी टोलीले बिभिन्न कारण हुने आगलागी नियन्त्रण तथा सुरक्षा सचेतना सम्बन्धी कृत्रिम घटना अभ्यास समेत गरेको थियो । ग्यास सिलिन्डरमा आगलागी भएमा कसरी नियन्त्रण गर्ने भन्ने जानकारी दिने उद्देश्यले नमुना अभ्यास गरिएको हो ।
थाहा नगरपालिका भित्र रहेका सामुदायिक बन, रेडक्रस, स्काउट, बजार व्यवस्थापनका पदाधिकारी स्थानिय संघसंस्था, बिद्यार्थी र शिक्षकहरु माझमा कार्यक्रम गरिएको थियो । जिल्ला समन्वय अधिकारी सुर्य प्रसाद चापागाईंको अध्यक्षता सम्पन्न कार्यक्रममा थाहा नगर प्रमुख बिष्णु बिष्टको बिशिस्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्यहरु, थाहा नगरपालिका विपद व्यवस्थापन समिती संयोजक हिरेन्द्र कुमार रायमाझी,थाहा नगर बिपद व्यवस्थापन सदस्य सचीव अनिल लामिछाने ,स्थानीय स्काउट थाहाका संयोजक गणेशमान श्रेष्ठ लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*