थाहामा ऐतिहासिक महत्व बोकेको १२ वर्षे नाच सम्पन्न

संवाददाता
१६ बैशाख २०८१, आईतवार १७:५०

१६ वैशाख, हेटौँडा । थाहा नगरपालिकामा ऐतिहासिक महत्व बोकेको १२ वर्षे नाच समापन गरिएको छ ।
वडा नं १ कुन्छाल गाउँ र वडा नं २ को पालुङ इन्द्रायणी बस्तिमा १२ बर्षको अन्तरालमा देखाइने नाचको समापन गरिएको हो । २०७९ देखि सुरु भएको १२ वर्षे नाच २०८१ बैशाख १५ गते समापन गरिएको हो। प्रत्येक १२ वर्षमा देखाइने नाच निरन्तर ३ वर्ष चलेर समापन गर्ने र पुनः १२ वर्षपछि देखाउने प्रचलन रहिआएको छ । विभिन्न पौराणीक कथामा आधारित भएर नाच देखाउने गरिन्छ । विभिन्न देवी देवताहरु गणेश, सातकन्या, सेतीदेवी, बज्रवाराही, पाँच कन्या, भैरव, चुनी सिकारी, महादेव पार्वती गंगा लगायतका देवदेवीहरुको भेषमा नाच नाच्ने गरिन्छ ।
तानसेन र चन्द्रसेनको कथामा आधारित नाटक समेत देखाइने कुन्छालका मुल गुरु ज्वारीलाल गोपालीले बताउनुभयो । यस्तै, थाहा नगरपालिका २ श्री ईन्द्रायणी बस्ती देउला टोलमा २९ वर्षपछि १२ वर्षे नाच देखाइएको छ । लोप हुँनै लागेको अवस्थामा ऐतिहासिक अर्चुरो र बन्यो राजाको कथामा आधारित नाच २९ बर्ष पछि पालुङको देउला बस्तिमा नाच देखाइएको मुल गुरु साहिला देउलाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*