थाहा नगरद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा आकृति गोपाली प्रथम

संवाददाता
२८ भाद्र २०८१, शुक्रबार १९:१२

२८ भाद्र, हेटौँडा । ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा थाहा नगरपालिकाको बालबालिका शाखाले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
थाहा नगरपालिका महिला बालबालिका शाखाको आयोजना तथा शिक्षा शाखाको सहकार्यमा माध्यामिक तह स्तरीय बालबालिकामा लगानीःसुनिश्चित भविष्यको थालनी बिषयक वक्तृत्वकला सम्पन्न भएको हो । प्रतियोगितामा सुनौला माध्यमिक विद्यालयकी आकृती गोपाली प्रथम भएकी छिन् । इअन स्कुलका बेबि गोपाली दोस्रो हुँदा बज्रबाराही माबिका रिता देवी स्याङ्तान र सरस्वती विद्या मन्दिरका अभिषेक जैसवाल तेस्रो हुन सफल भए । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार सहित प्रमाणपत्र प्राप्त गरे ।
बिजेता तथा सहभागी सम्पूर्णलाई थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा नगर भित्रका संस्थागत र सामु्दायिक गरि ११ विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्टले बालमैत्री समाजले मात्र बालबालिकाको समुन्नत विकास हुने बताउनुभयो । बालबालिकाको भविष्य उज्ज्वल बनाउन नगरपालिकाले बालबालिकाको क्षेत्रमा लगानी बढाइरहेको बताउनुभयो । संविधानमा व्यवस्था भए बमोजिम उनीहरुले पाउने अधिकार प्राप्तीका लागि अभिभावकसँगै सिंगो समुदाय पनि सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नगर बाल संजालकी अध्यक्ष खुशी गोपाली, सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने लगायतको उपस्थिति थियो । महिला बालबालिका जेष्ठ नागरिक तथा अपाङ समितिका संयोजक अनिता बलको अध्यक्षता कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*