थाहा नगरद्वारा आर्थिक बर्ष २०८०/ ८१ को वार्षिक समिक्षा सम्पन्न
भदौ १६ थाहा । थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१मा संचालन गरेको विकास योजना तथा सेवा प्रवाहको विषयमा वार्षिक समिक्षा कार्यक्रम गरेको छ । आइतबार पालुङ जेसिजको सभाहलमा नगरपालिकाले वार्षिक समिक्षा कार्यक्रमको आयोजना भएको हो ।
थाहानगर प्रमुख विष्णु विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली तथा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी , वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा महाशाखा र शाखा प्रमुखहरु तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा लेखा अधिकृत अम्बर जिसीले नगरपालिकाको वित्तिय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । योजना महाशाखा प्रमुख डम्बर बहादुर विश्वकर्माले योजना सम्बन्धी प्रतिवेदन, अनिल लामिछानेले सामाजिक विकास, कृषि शाखा प्रमुख संजय तिवारी कृषि सम्बन्धी प्रतिवेदन राखेका थिए ।
त्यस्तै, पशु शाखाको प्रतिवेदन डाक्टर निकाश भोलोन , महिला बालबालिका सम्बन्धी प्रतिवेदन प्रतिमा मोक्तान, शिक्षा प्रतिवेदन माधव विक्रम मल्ल, सूचना तथा पर्यटनको सुरज कुमार भुजेल, रोजगार संयोजक कुमार नेगी, सामाजिक सुरक्षा शाखाको रुपक कार्की,सहकारीको अस्मिता तिवारी, न्यायीक समितिको गोपी कार्की, उद्योग तथा राजस्वको रोजिना खड्का, जिन्सी शाखाको सुदर्शन पहेलि, प्रशासनको उमेश श्रेष्ठ, सामी परियोजनाको मेलिना खत्री र स्वास्थ्य शाखाका मेघराज बलामीले प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा थाहा नगरका सबै १२ वटै वडाका वडा सचिवहरुले वार्षिक कार्यक्रम र सेवा प्रवाहको विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखले शुभकामना व्यक्त गरेका थिए। समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले सबै शाखा र विषयगत शाखा र वडा कार्यालयहरुको प्रस्तुतीकरणका लागि धन्यवाद दिनुभयो । गिरीले अब त्रैमासिक समिक्षा समेत गरिने बताउनुभयो । समिक्षा कार्यक्रमले कतिपय सुधार गर्नुपर्ने पक्षलाई पनि औलयाउने भयकोले यसले पालिका र वडाको काममा थप उर्जा दिने बताउनुभयो ।
नगर प्रमुख विष्णु विष्टले समिक्षा पश्चात् पालिकाको विकासको अवस्था थाहा पाइने हुँदा उपलब्धीलाई संस्थागत गर्दै थप उपलब्धीका लागि योजना मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।














