थाहा नगरपालिकाको डाँडापाखा लालीगुराँसले राताम्य

शम्भु अधिकारी
२९ फाल्गुन २०८०, मंगलवार १२:२४

२९ फागुन, हेटौँडा । मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको डाँडापाखा अहिले लालीगुराँसले राताम्य भएको छ ।
सुन्दर नगरी थाहालाई लालीगुराँस फुूलले थप आकर्षक बनाएको छ । थाहा नगरको दामन, सीमभन्ज्याङ, आग्रा, घलेपाखो, केशरी भन्ज्याङ, कोटथुम्की, टिस्टुङ, देउराली, चन्द्रागिरी लगायत डाँडाहरु लालीगुराँसले राताम्मे भएका छन् । सीमभन्ज्याङ आसपासमा क्षेत्रमा भने रातो मात्र नभएर गुलावी, सेतो, लगायत रंगका गुराँस फुलेको स्थानीयले बताएका छन् । पहाडी तथा हिमाली भेगमा पाइने लालिगुराँसको औषधीय गुण समेत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*