दिव्यसेवा निकेतन ज्येष्ठ नागरिक आश्रमस्थलमा चौतारीको सहयोग

संवाददाता
९ भाद्र २०८२, सोमबार १९:०९

९ भदौ, हेटौँडा । हरितालिका तीजको अवसरमा प्रेस चौतारी नेपाल, मकवानपुर शाखाले आश्रय स्थलमा लत्ताकपडा र फलफुल सहयोग गरेको छ ।
शाखाको वार्षिक कार्ययोजना अन्तर्गत हरितालिका तीजको अवसरमा सोमबार हेटौंडा १५ स्थित दिव्यसेवा निकेतन ज्येष्ठ नागरिक आश्रमस्थलमा लत्ताकपडा र फलफुल सहयोग गरेको हो । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज पुष्पराज अधिकारीको प्रमुख आतिथ्यता एवम् नेकपा एमालेका केन्द्रिय सदस्य केदार न्यौपानेको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।
आश्रयस्थलकी संरक्षक सुनिता दिदीलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा आश्रयस्थलका संरक्षक समेत रहनुभएका न्यौपानेले आश्रयस्थलहरुको संरक्षण र व्यवस्थापनमा तीन वटै तहको सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । यस्ता स्थलहरुलाई सभ्यताको पाठशाला बनाउनुपर्ने उहाँले बताउनुभयो ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी अधिकारीले निरन्तर सञ्चारकर्ममा रहने सञ्चारकर्मीहरुले यस्तो कार्य गर्नु राम्रो भएको बताउनुभयो । मकवानपुर शाखाकी अध्यक्ष सरिता दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा आश्रय स्थलका अध्यक्ष टिआर निरौला, प्रेस चौतारी बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, बागमती प्रदेश कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज विवश अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*