दुईदिने खेलकुद पत्रकारिता तालिमको शुक्रबार सम्पन्न

संवाददाता
२६ माघ २०८०, शुक्रबार १९:०७

२६ माघ, हेटौँडा । हेटौंडामा भएको दुईदिने खेलकुद पत्रकारिता तालिमको शुक्रबार समापन गरिएको छ ।
जिल्ला फुटबल संघ मकवानपुरको सहयोग तथा खेलकुद पत्रकार मञ्च मकवानपुरको आयोजनामा बिहीबारदेखि सुरु भएको तालिममा ३७ जना पत्रकारहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको हो । तालिमको दोस्रो दिन खेल पत्रकार प्रकाश तिमल्सिना, गोल नेपाल डटकमका सिइओ बिक्रम थापा, रेडियो कान्तिपुरका सम्पादक पवन आचार्यले फुटबल खेलको रिपोर्टिङ, खेल पत्रकारिताबारे अनुभव र चुनौती लगाएत खेल पत्रकारिताका समग्र विषयमा सहजीकरण गर्नुभएको थियो ।
तालिमको पहिलो दिन फुटबल खेलका बिज्ञ सन्जिव मिश्रले फुटबल खेलको नियम, प्राबिधिक ज्ञान, फुटबलको सर्बव्यापी मान्यता लगायतका बिषयमा सहजीकरण गर्नुभएको थियो । खेलकुद पत्रकार मञ्च मकवानपुरका अध्यक्ष राजन दाहालको सभाध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामा, उपाध्यक्ष युवराज लामा, मञ्चका मकवानपुर उपाध्यक्ष सुवास बिडारी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*