दुर्घटना अपडेटः घाइतेलाई थप उपचारका लागि भरतपुर पठाइयो

संवाददाता
३० असार २०८१, शनिबार ०६:५९

असार २९ हेटौंडा । सडक छेउमा थुपारिएको निर्माण सामग्रीमा चिप्लिएर गम्भिर घाइते भएका मोटरसाईकल चालकलाई थप उपचारका लागि भरतपुर पठाइएको छ ।
हेटौंडाबाट हर्नामाडी जादै गरेका दुईवटा मोटरसाईकल शुक्रबार राती ९ः३० बजे धरान चतारा खण्डको हेटौंडा–६ पुतलिबजार भुलभुले भन्ने स्थानमा सडक छेउमा थुपारिएको निर्माण सामग्रीमा चिप्लिएर दुर्घटनामा परेका थिए । दुर्घटनामा घाइते भएका बागमती प्रदेश ०३–००३ प ७१२६ नम्बरको मोटरसाईकल चालक हेटौंडा–१८ सुमन दुलाल र सोही स्थानका बागमती प्रदेश ०३–००५ प ६३०९ नम्बरका चालक  बिनायक दुलाललाई हेटौडा अस्पतालबाट थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । ढलको ढकन बनाउनका लागि सडक छेउमा थुपारिएको गिट्टीमा मोटरसाईकल चिप्लिएको स्थानीयले बताएका छन् । निर्माण कार्य गर्दा निर्माण समाग्री सुरक्षित तवरले राख्नुपर्ने दायित्वबाट निर्माण कम्पनी चुकेकोका कारण दुर्घटना भएको स्थानीय लक्ष्मी श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*