दुर्लभ सूचीमा रहेको गुराँस प्रजातिको ‘चिमाल’ मकवानपुरको दामनमा फेला
२६ जेठ, हेटौँडा । विश्वमै दुर्लभ सूचीमा रहेको गुराँस प्रजातिको ‘चिमाल’ मकवानपुरको दामनमा फेला परेको छ ।
नेपालको इलाम जिल्ला माइपोखरी क्षेत्रमा मात्र देखा परेको यो चिमाल मकवानपुरको दामनमा पनि फेला परेको हो । १५ वर्ष अघि नेपालका लेकाली क्षेत्रहरुमा चिमालको अध्ययन गर्दा इलाम बाहेक अन्य जिल्लामा नदेखिएको वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले बताउनुभयो । नेपालमा चिमालको सन् २००९ मा अध्ययन भएको थियो । थाहा नगरपालिका वडा नम्बर ४ को महाकाल सामुदायिक वन क्षेत्रमा भेटिएको उक्त चिमालको रुखको संख्या निकै कम रहेको छ ।

कतिपय स्थानमा यसलाई लहरे चिमाल गुराँस समेत भनिने गरिएको छ । दुर्लभ बनस्पतीको रुपमा रहेको चिमाल पछिल्लो समय संकटमा पर्दै गएकाले संरक्षण गर्नुपरेको जिल्ला वनस्पति कार्यालय मकवानपुरले जनाएको छ । नेपालका ४३ जिल्लामा थरीथरीका गुराँस फुल्ने गरेको एक अध्ययनले देखाएको छ ।














