देशको राजनीतिलाई अलपत्र अवस्थामा चलाउन दिँदैनौँः अध्यक्ष ओली

संवाददाता
१ पुष २०८०, आईतवार १७:१३

१ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राजनीति अलपत्र रुपमा चल्न दिन नसक्ने बताउनुभएको छ ।
आईतवार पाँचथरको चिवाभञ्ज्याङमा मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित यात्राको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संकल्प यात्राले देशको बिग्रँदो अवस्थालाई सुधारेर जनतालाई आशावादी बनाउनुपर्नेमा जोड दिएको बताउनु भयो । उहाँले जनतामा निराशा फैल्याउने काम अहिलेको गठबन्धनले गरेको आरोप लगाउनुभयो । उहाँले अभियानले देशका जनतामा पुनः जागरणको अवस्था सिर्जना गरेको पनि दाबी गर्नुभयो । अध्यक्ष ओलीले देशको राजनीतिलाई सही बाटो र निकास निकाल्नुपर्ने अवस्था रहेको बताउनु भयो ।
नेकपा (एमाले) ले झुलाघाटबाट शुरु गरेको समृद्धि सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन भएको हो । मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएको यात्रा १८ औँ दिनमा मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु पाँचथरको चिवाभञ्ज्याङमा टुङ्गिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*