देश प्रशंसा गर्न लायक भएपनि अवस्था प्रशंसा गर्न लायक छैनः प्रधानमन्त्री ओली
३ श्रावण, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताउनुभएको छ ।
बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको अवस्था अहिले राम्रो नभएको बताउनु भयो । देश प्रशंसा गर्न लायक भएपनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको उल्लेख गर्नुभयो । उहाँले देशको भविष्य उज्वल रहेको भएपनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले इन्जिनियरहरुले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा गरिरहेका बताउनु भयो । इन्जिनियरहरुको समस्यालाई समाधान गर्न सरकार सकारात्मक रहेको उहाँको भनाई छ ।














