देश विकास गर्न र स्थिरता दिन काँग्रेस—एमाले एक हुनुपर्छः नेता कोईराला

संवाददाता
२२ चैत्र २०८०, बिहीबार १४:१०

२२ चैत्र, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली काँगेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।
बिहीवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश अफ्ठ्यारो परिस्थितिमा रहेको बतउनु भयो । उहाँले गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना नरहेको जिकिर गर्नुभयो । नेता कोइरालाले गठबन्धनले राजनीतिक स्थिरता हुन नसक्ने बताउनु भयो । उहाँले स्थिर सरकार दिनुपर्ने जरुरी भइसकेको उल्लेख गर्नुभयो । उहाँले विगतका अनुभव हेर्दा पनि नेपाली काँग्रेस र नेकपा एमाले मिलेपछि मात्रै संविधान बनेको भन्दै उहाँले देशलाई विकास गर्न नेकपा एमाले र काँग्रेस मिल्नुको विकल्प नरहेको बताउनु भयो ।
कोशी प्रदेश सरकार अब के हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता कोइरालाले अहिलेको कोशी सरकार संविधानको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने बताउनुभयो । कोशी सरकार विघटन भए मध्यावदीमा जाने स्पष्ट रहेको उहाँको भनाई छ । नेता कोइरालाले अहिले कोशी प्रदेश सरकार अल्पमतमा नरहेको र समर्थन फिर्ता लिएपछि पनि राजीनामा दिने वा नदिने भन्नेकुरा नैतिकताको कुरा रहेको बताउनुभयो ।
उहाँले राजीनामा नै दिनुपर्छ र विश्वासको मत लिनुपर्छ भन्ने नरहेको जिकिर गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*